नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ४०औं वर्षमा,थप सुविधा सार्वजनिक
Last updated at 09:13 am
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ४० औं वर्षमा प्रवेश गरेको छ ।
३९औं वार्षिकोत्सवको अवसरमा कम्पनीका अध्यक्ष पृथ्बीबहादुर पाँडेले बैंकप्रति निरन्तर सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिएका छन्।
सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेले बैंकले प्रदान गर्दै आएका वित्तीय सेवालाई अझ प्रभावकारी बनाउन आधुनिक प्रविधि अपनाइएको बताए । यसैगरी, सीईओ पाण्डेले डिजिटल बैंकिङ सेवालाई थप सशक्त पार्ने प्रतिबद्धता समेत जनाएका छन्।
‘समृद्धिको पथमा सँगै अघि बढ्दै’ भन्ने नारा लिएको यस कम्पनीले ग्राहकको सुविधालाई प्राथमिकता दिंदै नवीनतम बैंकिङ सेवाहरु प्रस्तुत गरिरहने उनले बताए ।
कम्पनीले वार्षिकोत्सवको अवसरमा विगत सात वर्षदेखि वित्तीय साक्षारतामा आधारित चित्र पुस्तक प्रकाशन गर्दै आएको छ ।यो पटक सातौं संस्करण ‘डिजिटल बैंकिङको जादु” नामक चित्र पुस्तक सार्वजनिक गरिएको कम्पनीले बताएको छ ।
चित्रकथामा बालबालिकालाई बैंकिङ प्रणाली तथा यसको प्रभावकारी प्रयोगबारे सचेत गराउन र अभिभावकलाई आधुनिक डिजिटल बैंकिङ सेवाको प्रयोग गर्न प्रेरित गराउनु रहेको कम्पनीको भनाइ छ ।
वार्षिकोत्सव अवसरमा कम्पनीले ग्राहकका लागि नयाँ बचत खाता ‘नव आयाम बचत खाता’ ल्याएको छ । ३९ रुपैयाँ मौज्दातमै यो खाता खोल्न सकिने छ ।
यसैगरी एनआईएमबी स्मार्ट (मोबाइल बैंकिङ) सुविधा, भर्चुअल प्रिपेड कार्ड, डेबिट कार्ड, क्रेडिट कार्ड सुविधा ३९ रुपैयाँमै उपलब्ध हुने पनि कम्पनीले बताएको छ । साथै लकर सुविधामा ३९ प्रतिशत छूट सुविधा पनि उपलब्ध छ।