एनआरएन इन्फ्रास्ट्रक्चरसहित ११ लगानीकर्ताहरु नेरुडे लघुवित्तको शेयर बेचेर बाहिरिदै
Last updated at 05:05 pm
एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टसहित ११ जना शेयरधनीले एकै पटक नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाबाट बाहिरिने भएका छन्।
११ वटा संस्थापक शेयरधनीहरु कुल ३ लाख ६१ हजार २१६ कित्ता शेयर बिक्री गरेर कम्पनीबाट बाहिरिने लागेका हुन्।कम्पनीले एनआरएन इन्फ्राको ७४ हजार १०६ कित्ता, कोपिला राईको १ लाख कित्ता, सञ्जय कुमार श्रेष्ठको ६० हजार कित्ता शेयर बिक्रीमा राखेको छ।
यो बाहेक संगीता खेतानको ४ हजार ५०८ कित्ता, गुप्तालाल मण्डल राजवंशीको २५ हजार, राम प्रसाद दाहालको ९ हजार ९ सय, ओमकार कृष्ण बजिमय १ हजार ७२ कित्ता, शिशिर आचार्यको १ हजार ६३० कित्ता, सरोज फुयाल ३० हजार, गणेश प्रसाद आचार्यको २५ हजार र जुनु शर्माको नाममा रहेको ३० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको छ
उल्लिखित परिमाणको शेयर पहिलोपटक कम्पनीले संस्थापक शेयरधनीहरूमा नै बिक्रीमा राखेको छ। ३५ दिनभित्र आवेदन माग गर्दै कम्पनीले बिक्रीमा राखेको हो।
उक्त शेयर संस्थापक शेयरधनीले नकिनेको खण्डमा भने सर्वसाधारण तथा संस्थागत लगानीकर्ताको लागि बिक्रीमा राखिने छ।हाल दोस्रो बजारमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता ६८५ रुपैयाँ छ ।