लघुवित्त कम्पनीको कर्जाको ब्याजदर बैंकको जस्तै आधार दर अनुरुप परिवर्तन
Last updated at 07:30 am
लघुवित्त कम्पनीहरुको कर्जाको ब्याजदर परिवर्तन हुने भएको छ ।
हालको व्यवस्था अनुसार लघुवित्त कम्पनीहरुले ग्राहकबाट कर्जामा १५ प्रतिशत ब्याजदर असुल गर्नुपर्ने व्यवस्था रहेकोमा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै त्यसलाई परिमार्जन गरेर आधार दरसँग आबद्ध गरी व्याजदर तय गर्न सक्ने व्यवस्था गरेको छ ।
केन्द्रीय बैंकले मंगलबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै लघुवित्त वित्तीय संस्थाले कर्जा लिने ब्याजदर परिवर्तन गरेको हो । नयाँ कर्जाको ब्याजदर २०८२ को जेठदेखि लागू हुनेछ ।
यसका साथै व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधन खरिद गर्दा ऋण मूल्य अनुपातको सीमालाई ६० प्रतिशत कायम गरिएको छ भने असल कर्जाको विद्यमान १ दशमलव १ प्रतिशतको कर्जा नोक्सानी व्यवस्थालाई १ प्रतिशत कायम गरिएको छ ।