महिन्द्रा केयर फेस्ट – २०२५ फागुन १८ गतेदेखि आयोजना हुँदै
Last updated at 06:15 pm
महिन्द्रा फोर व्हिलरको नेपालका लागि अधिकृत बिक्रेता अग्नि ग्रूपको सहायक कम्पनी बालाजु अटो वर्कसले महिन्द्रा केयर फेस्ट आयोजना गर्ने भएको छ।
आगमी फागुन १८ गतेदेखि २३ गतेसम्म देशव्यापी महिन्द्रा केयर फेस्ट आयोजना हुने भएको हो।यस फेस्टमा ४५–पोइन्ट फ्री चेकअप क्याम्पमा फ्रि लेबर चार्ज, फ्रि वाशिंग, फ्रि हेल्थ चेकअप, लुब्रिकेन्ट्समा १० प्रतिशत छूट, स्पेयर पार्टसहरूमा ५० प्रतिशतसम्मको छुट, १० प्रतिशत विस्तारित छूट कुपनका साथसाथै अन्य उपहारहरूको पनि लाभ लिन सकिनेछ।
महिन्द्राका ग्राहकले नेपालभरी रहेका महिन्द्राका आधिकारिक सर्भिस सेन्टरमा गई यस केयर फेस्टमा सहभागी हुन सक्नेछन्।साथै अग्नि ग्रूपको सहायक कम्पनी अग्नि आस्था प्रालिले यसै केयर फेस्टमा महिन्द्राका कुनै पनि गाडी खरिद तथा बिक्री वा एक्सचेन्ज गर्ने सुविधा पनि ल्याएको छ।
साथै महिन्द्राका सर्टिफाइड प्रि अनवेड गाडी खरिद गर्नु परेमा आकर्षक अफर पनि छ।यो सेवा काठमाडौं, भैरहवा, इटहरी, पोखरा र चितवनमा उपलब्ध छ।
महिन्द्राले आफ्ना सेवाग्राहीलाई थप सेवासुविधा प्रदान गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना गर्दै आइरहेको केयर फेस्टमा यसपटक पनि अघिल्ला वर्षहरूमा झैँ ग्राहकहरूको उल्लासमय सहभागिता रहने अपेक्षा गरेको छ।