ई-सेवा महा–उत्सवका विजेता रवि बम्जनलाई नामी कार हस्तान्तरण
Last updated at 05:40 pm
ई-सेवाले दसैँ, तिहार र छठको अवसरमा चाडपर्वको हर्षलाई थप उत्साहजनक बनाउने उद्देश्यका साथ ल्याएको इसेवा महा–उत्सव अफरको बम्पर उपहार नामीको कार हस्तान्तरण गरेको छ ।
जसअनुसार बम्पर उपहार विजेता हुन सफल भएका रवि बम्जनलाई आज एक औपचारिक कार्यक्रम गरी ई-सेवाका प्रमुख रणनीतिक अधिकारी रवि शाक्य र फाइनान्स प्रमुख सरोज कुमार घिमिरेले कार हस्तान्तरण गरेका हुन् ।
नामी कार विजेता रवि बम्जनले आफूले कार जित्ने कुरा कहिले नसोचेको र ई-सेवाबाट उक्त जानकारी पाउँदा सर्प्राइज भएको बताए ।
सो अवसरमा ई-सेवाका प्रमुख रणनीतिक अधिकारी रवि शाक्यले उक्त कार्यक्रममा नामी कार हस्तान्तरण गर्दै विजेता रवि बम्जनलाई बधाई दिएका थिए ।
Visited 1 times, 1 visit(s) today