एनसेलले ल्यायो ‘सधैं अन रिन्यूअल प्याक’, बजेट अनुसार विभिन्न अनलिमिटेड सेवा
Last updated at 08:32 am
एनसेलले आफ्ना ग्राहकहरुका लागि नयाँ प्रिपेड सेवा ‘सधैं अन रिन्यूअल प्याक’ सञ्चालनमा ल्याएको छ।
सधैं अन प्याकको सफलतापछि सञ्चालनमा ल्याईएका रिन्यूअल प्याकहरुमार्फत ग्राहकहरुले बिना कुनै बाधा महिनाभरका लागि आफ्नो बजेट अनुसार विभिन्न अनलिमिटेड सेवाहरुको फाइदा लिन सक्छन् ।
रिन्यूअल प्याकको उद्देश्य नेपाली ग्राहकहरूलाई तुलनात्मक रुपमा महंगो पर्ने पे एज यू गो र बारम्बार लिनुपर्ने स–साना प्याकहरु प्रतिको निर्भरता हटाएर सधैं अन अर्थात कनेक्टेड रहन सक्षम बनाउनु हो । यी प्याकहरूको मुख्य विशेषता भनेको प्रयोग हुन बाँकी डेटा, टक टाइम, र एसएमएस खेर नजाने रहेको छ ।
यसको अर्थ त्यस्ता सेवा, सुविधाहरु अर्को महिनाका सेवा, सुविधाहरुमा थप हुने व्यवस्था छ । यी प्याकहरूलाई सजिलै एनसेल एपमार्फत वा एष्ट्रिक्स१२३एष्ट्रिक्स९ह्यास डायल गरेर, वा नजिकको एनसेल रिटेलर स्टोर अर्थात प्वाइन्ट अफ सेल्समा गएर खरिद गर्न सकिन्छ ।
सधैं अन रिन्यूअल प्याक अर्थात हरेक महिना ३० दिनमा नविकरण हुने यी प्याकहरुमा ग्राहकले पुरै एक महिनाको समयसीमासहित सेवा पहुँचबाट फाइदा लिन सक्छन् ।
यसमा साधारण सधैं अन प्याकको २८ दिनभन्दा थप दुई दिन बढिको समयावधि छ। यी प्याकहरूमा यूट्युबमा अनलिमिट्ड भिडियो स्ट्रिमिङ सुविधा, रातको समयमा इन्टरनेट ब्राउजिङ तथा विभिन्न सामग्रीहरु डाउनलोड गर्न अनलिमिटेड नाइट डेटाको सुविधा छ र केही प्याकहरुमा ग्राहकहरुले आफ्ना परिवारजन, साथीभाइ, र सहकर्मीहरूसँग महिनाभर जतिपनि कल गर्न मिल्ने अनलिमिटेड अल नेपाल टक टाइमको सेवा पाउँछन् ।
कम्पनीका चीफ कमर्शियल अफिसर उमेर मोहसिनले सधैं अन रिन्यूअल प्याकहरू उच्च गतिको इन्टरनेट र निरन्तर सेवाको बढ्दो मागलाई पूरा गर्ने उद्देश्यले ध्यानपूर्वक डिजाइन गरिएको बताए ।
रिन्यूअल प्याक अन्तर्गत एनसेलले बेस्ट रिन्यूअल प्याक, अनलिमिटेड प्याक र अन्य भ्वाइस र डाटा रिन्यूअल गरि तीन प्रकारका प्याकहरू सञ्चालनमा ल्याएको छ । पहिलो बेस्ट अन्तर्गत करसहित मासिक ३९९रुपैयाँ,४९९ रुपैयाँ, र ५९९ रुपैयाँका प्याकहरु छन् ।
यसमा भ्वाइस, डाटा, र एसएमएस साथै अनलिमिटेड यूट्युव, अनलिमिटेड नाइट डाटा समावेश छन् । प्याकअनुसार, यसमा ग्राहकहरूले ८ जीबीदेखि २० जीबीसम्मको डाटा, ३९९ देखि ५९९ मिनेटसम्मको अल नेपाल टक टाइम, र ३९ देखि ५९ वटा अल नेपाल एसएमएस प्राप्त गर्छन् ।
दोस्रोमा अनलिमिटेड रिन्यूअल प्याक अन्तर्गत करसहित ७९९ रुपैयाँ, ९९९ रुपैयाँ, र १ हजार ४९९ रुपैयाँका प्याकहरु समावेश छन् । यी प्याकहरुमा ग्राहकले कुनै पनि नेपाली नेटवर्कमा कल गर्न सकिने अनलिमिटेड अल नेपाल टक टाइम, अनलिमिटेड यूट्युब, अनलिमिट्ड नाइट डेटाका साथै प्याकअनुसार ३० जीबीदेखि १०० जीबीसम्मको डेटा र ७९ देखि १४९ ओटा अन नेपाल एसएमएस सेवा प्राप्त गर्दछन् ।
त्यसैगरी तेस्रो रिन्यूअल सेवा अन्तर्गत डाटा र भ्वाइसमात्र पाइने प्याकहरु छन् । उदाहरणका लागि एनसेलका १९९ रुपैयाँदेखि ४४९ रुपैयाँसम्मका लोकप्रिय भ्वाइसहरु छन् । त्यसैगरी डाटामा २९९ रुपैयाँबाट शुरु हुने प्याकहरु समावेश छन् ।
कम्पनीले रिन्यूअल अर्थात नवीकरण ग्राहकहरुका लागि अप्रत्याशित नहोस् भनेर प्याक खरिदको प्रक्रियालाई ध्यानपूर्वक डिजाइन गरेकोले ग्राहकहरुले रिन्यूअल अर्थात नवीकरणको समय तथा मितिबारे अग्रिम जानकारी पाउने जनाएको छ।