नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त
Last updated at 02:20 pm
नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई नियुक्त गरेको हो ।
प्राधिकरणको अध्यक्ष नियुक्तिका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा गठित सिफारिस समितिले ओझासहित रामशरण पुडासैनी र दामोदर बसौलाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।
प्राधिकरणको अध्यक्ष पदका लागि १२ जनाले आवेदन दिएका थिए । त्यसमध्ये पहिलो चरणमा पाँच जनालाई ‘सर्टलिस्ट’ गरिएको थियो । तीमध्ये तीन जनाको नाम मन्त्रिपरिषद्मा पुगेको थियो ।
आवेदन दिएको समयदेखि नै उनलाई प्राधिकरणको अध्यक्ष बनाउने चर्चा थियो ।अध्यक्षमा नियुक्त ३२ वर्षीय ओझाले व्यवस्थापनमा स्नातकोत्तर र कानूनमा स्नातक उत्तीर्ण गरेका छन् । उनी आर्थिक क्षेत्रमा सक्रिय पत्रकारिता गरिरहेका व्यक्ति पनि हुन् । प्राधिकरणको अध्यक्षको कार्यकाल चार वर्षको हुनेछ ।
यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध मंसिर २४ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनी स्वतः निलम्बनमा परेका थिए । उनी निलम्बन भएपछि प्राधिकरण अध्यक्ष पद रिक्त थियो ।
यो पनि हेर्नुहोस् :
बीमा प्राधिकरणको अध्यक्ष पदका लागि ३ जनाको नाम सिफारिस