आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा अनुपालन तालिम तथा सेमिनार सम्पन्न
Last updated at 06:44 pm
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले हालैअनुपालन तालिम तथा सेमिनार आयोजना गरेको छ ।
बल्थली भिलेज रिसोर्ट, काभ्रेपलाञ्चोकमा आयोजित सेमिनारमा उच्च व्यवस्थापनको रोहवरमा कम्पनीका सात वटै प्रदेशका प्रमुखहरु, विभागीय प्रमुखहरु तथा बाग्मती प्रदेश अन्तर्गत काठमाडौं उपत्यका भित्रका शाखा प्रबन्धकहरु समेतको सहभागिता थियो । सो अवसरमा कम्पनीले पालना गर्नुपर्ने अनुपालन तथा एएमएलरसीएफटी तालिम तथा सेमिनार गरिएको थियो ।
कार्यक्रममा कम्पनीका अनुपालन विभागका प्रमुख प्रकाश कोइरालाले उच्च व्यवस्थापन, विभागीय प्रमुख तथा प्रदेश प्रमुख, शाखा प्रबन्धकहरुलाई अनुपालन तथा एएमएलरसीएफटीको बारेमा विस्तृत रुपमा जानकारी गराएका थिए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले हरेक शाखा, प्रदेश तथा विभागीय प्रमुखले आफ्नो दैनिक काम कारवाही गर्दा कम्पनीका नियमक निकायहरुले दिएको निर्देशन तथा ऐन नियम, कानून र उच्च व्यवस्थापनबाट समय समयमा जारी हुने परिपत्र समेतको अक्षरस पालना गरी ग्राहकलाई सेवा प्रदान गर्नुपर्ने साथै आफ्नो दैनिक काम कारवाहीमा सोलाई पूर्ण रुपमा पालना गरी अगाडी बढ्न निर्देशन दिए ।
उनले सबै विभागीय प्रमुख मार्फत सबै विभागका कर्मचारीहरुलाई तथा प्रदेश प्रमुख शाखाका सम्पूर्ण कर्मचारीहरुलाई दैनिक रुपमा हरेक कार्य गर्दा तयार गर्नुपर्ने ग्राहक पहिचान, ऐन, नियम, निर्देशन तथा परिपत्रहरुको पालना गरेर मात्र कार्य गर्न निर्देशन दिए ।