बीमा प्राधिकरणको अध्यक्ष पदका लागि ३ जनाको नाम सिफारिस
Last updated at 05:39 pm
नेपाल बीमा प्राधिकरणको रिक्त रहेको अध्यक्ष पदमा नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको छ।
सरकारद्वारा गठित सिफारिस समितिले कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्तापछि सर्टलिस्टमा परेका पाँच जनामध्ये तीन जनाको नाम अध्यक्ष नियुक्तिका लागि मन्त्रिपरिषदसमक्ष सिफारिस गरेको हो।
जसमा पहिलो नम्बरमा शरद ओझा, दोस्रोमा रामशरण पुडासैनी र तेस्रोमा दामोदर बस्यौला छन्।उनीहरुको कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्ता गत फागुन १० गते अर्थ मन्त्रालयमा गरिएको थियो।
समितिको गत फागुन ४ गतेको निर्णयानुसार सर्टलिस्टमा कमलप्रसाद रेग्मी, चिरिञ्जीवी चापागाईं, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझा थिए।सोमबार बेलुका बस्न लागेको मन्त्रिपरिषदको बैठकले उनीहरुमध्ये एक जनालाई बीमा प्राधिकरणको अध्यक्ष पदमा नियुक्त गर्नेछ।
Visited 3 times, 1 visit(s) today