यती एयरलाइन्समा उडान गर्दा क्रोकोडाइल लगेज तथा हात खाली नजाने उपहार
Last updated at 09:31 am
यती एयरलाइन्समा उडान गर्ने यात्रुले क्रोकोडाइल लगेज तथा ब्याकप्याकमा हात खाली नजाने उपहार पाउने भएका छन्।
फेब्रुअरी, मार्च र अप्रिल महिनामा यती एयरलाइन्सबाट यात्रा गर्ने यात्रुले क्रोकोडाइल लगेजको खरिदमा ५० प्रतिशतसम्मको छूट प्राप्त गर्नेछन्।
यती एयरलाइन्सबाट सन् २०२५ को कुनै पनि मितिमा उडान भरेका ग्राहकहरूले आफ्नो बोर्डिङ पास क्रोकोडाइल लगेजका नजिकका आउटलेटमा जम्मा गरी यो छुट प्राप्त गर्न सक्नेछन्।यो छूट सुविधा सन् २०२५ को डिसेम्बर ३१ सम्म रहनेछ।
अनलाइनबाटै लगेज तथा ब्याकप्याक खरिद गर्न चाहने ग्राहकले भने क्रोकोडाइल लगेज नेपालको आधिकारीक फेसवुक पेज वा इन्स्टाग्राम पेजमार्फत् खरिद गरी प्राप्त छूटको लागि डेलिभरीको समयमा यती एयरलाइन्सको बोर्डिङ पास ह्याण्डओभर गर्न सक्नेछन्।
क्रोकोडाइल लगेजका आधिकारीक बिक्रेता देशैभरी छन् भने ब्राण्डको फ्ल्यागसिप स्टोर भने काठमाडौंको कान्तिपथ र ललितपुरको कुपण्डोलमा छ।
१९४७ मा स्थापना भएको क्रोकोडाइल लगेज तथा ब्याकप्याकको ग्लोबल ब्राण्ड हो। सन् १९९८ देखि नेपाली बजारमा निरन्तर बिक्री वितरण भइरहेको क्रोकोडाइल प्रिमियम उत्पादन र एफोर्डेबल प्राइसिङका लागि उपभोक्ता माझ लोकप्रिय छ।
पाँच वर्षको वारेन्टी प्रदान गरिएका क्रोकोडाइल नेपाली लगेज बजारको नेतृत्वकर्ता ब्राण्ड भएको बताउँदै कम्पनीका निर्देशक वासु सर्राफले दोस्रो पुस्ताको रूपमा लगेजको व्यापार गरिरहेको भन्दै गुणस्तरीय उत्पादन र उपभोक्ता सन्तुष्टीका लागि निरन्तर गरेको मेहेनतको प्रतिफल स्वरुप बलियो ब्राण्ड इमेज बनाएको बताए ।
यती एयरलाइन्स र क्रोकोडाइल लगेज बीचको यो सहकार्यले यती एयरलाइन्सका यात्रुले पाउने विशेष छूटका अलावा प्रत्येक हप्ता क्रोकोडाइल ब्यागप्याक तथा प्रत्येक १५ दिनमा क्रोकोडाइल क्याविन लगेज उपहार स्वरुप जित्न सक्नेछन्।
यती एअरलाइन्सले आफ्ना यात्रुहरूबीच गर्ने लक्की ड्र मार्फत विजेता घोषणा गरी उपहारहरू प्रदान गरिने बताएको छ ।