भारतीय डिएस ग्रूप अब नेपाली बजारमा
Last updated at 06:59 pm
बहु–व्यापारिक कर्पोरेसन र अग्रणी भारतीय एफएमसीजी समूह धरमपाल सत्यपाल ग्रूप (डिएस) ले भारतीय एथ्निक कन्फेक्शनरी र माउथ फ्रेसनर ब्रान्डहरू लगायत आफ्ना लोकप्रिय कन्फेक्शनरीहरु नेपाली बजारमा आधिकारिक रुपमा उपलब्ध गराएको छ ।
कम्पनीको यस रणनीतिक कदमले विश्वव्यापी रुपमा विस्तार गर्दै नेपाली उपभोक्ताहरूलाई यसको प्रतिष्ठित उत्पादनहरूसँग परिचय गराएको छ । यी उत्पादनहरु नेपालमा वितरण गर्नको लागि एलजी इन्टरनेशनललाई अन–ग्राउन्ड व्यापार साझेदारको रूपमा नियुक्त गरिएको छ ।
काठमाडौंमा आयोजित एक डिलर कार्यक्रमको साथ यी उत्पादनहरु नेपालमा उपलब्ध भएको घोषणा गरिएको छ ।
कार्यक्रममा प्रमुख वितरकहरू र सरोकारवालाहरूलाई भारतीय स्वादका कन्फेक्शनरी उत्पादनहरू सहित मिठाईका विविध रेञ्जबारे परिचय गराइएको थियो । यसमा रजनीगन्धा सिल्भर पल्र्स, पास पास जस्ता ताजा माउथ फ्रेसनरहरू र पल्स क्यान्डी, लभिट र चेरियो (हार्ड बोइल्ड क्यान्डी) जस्ता लोकप्रिय क्यान्डी, च्युइङ गमहरू समावेश छन्।
“डिएस ग्रूप भारतीय स्वादको कन्फेक्शनरी सेगमेन्ट सहितको आफ्नो कन्फेक्शनरीहरूको अद्वितीय स्वाद नेपाली बजारमा ल्याउन पाउँदा उत्साहित छ”, भारतका लागि डिएस ग्रूपका वरिष्ठ निर्यात प्रबन्धक तनुज कुमारले भने, “हाम्रा नवीनतम उत्पादन पोर्टफोलियोले उच्च गुणस्तर र स्वादिष्ट परिकारहरू खोजिरहेका नेपाली उपभोक्ताहरूलाई आकर्षित गर्नेछ भन्ने विश्वास छ । हामी नेपालभर यी उत्पादनहरूको सफल र व्यापक उपलब्धता सुनिश्चित गर्न प्रतिबद्ध छौं । हाम्रो टोली हाम्रा साझेदारहरूलाई सहयोग प्रदान गर्न र चुस्त उपभोक्ता अनुभव प्रदान गर्न समर्पित छ।”
कम्पनीले नेपाली एफएमसीजी क्षेत्रको विकासमा योगदान पुर्याउँदै अद्वितीय यूएसपीहरू सहित उच्च गुणस्तर र नवीन उत्पादनहरू प्रदान गरेर पर्याप्त बजार हिस्सा कब्जा गर्ने लक्ष्य राखेको बताएको छ । यो विस्तारले स्थानीय अर्थतन्त्रमा योगदान पुर्याउँदै नेपालमा रोजगारीका अवसरहरू सृजना गर्नेछ भन्दै कम्पनीले गुणस्तर, नवीनता र उपभोक्ता सन्तुष्टिमा ध्यान केन्द्रित गर्ने बताएको छ।
हालै डिएस ग्रूपको कन्फेक्शनरी डिभिजनले आर्थिक वर्ष २०२३/२४ मा वार्षिक बिक्री कारोबारमा भारु १ हजार करोड पार गरेर महत्वपूर्ण उपलब्धि हासिल गरेको छ ।