२८.३०४ मेवा क्षमताको मध्य चमेलिया जलविद्युत् आयोजनाको शिलान्यास
Last updated at 05:28 pm
दार्चुलाको मार्मामा २८ दशमलव ३०४ मेगावाट(मेवा) क्षमताको मध्य चमेलिया जलविद्युत् आयोजनाको निर्माण शुरु भएको छ । दार्चुला पावर लिमिटेडले निर्माण गर्न लागेको उक्त आयोजनाको शनिबार शिलान्यास गरिएको छ ।
मार्मा गाउँपालिका-२ लाम्बगरमा रहेको जलविद्युत्को ड्याम क्षेत्रमा पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूले शिलान्यास गरेका हुन् ।जलविद्युत आयोजनाको ड्याम लाम्बगर र विद्युत् गृह शेरीमा रहने कम्पनीले बताएको छ ।
आगामी तीन वर्षभित्रमा निर्माण सम्पन्न हुने आयोजनाको लागत ६ खर्ब २३ करोड ६२ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीका सञ्चालक गुरु न्यौपानेले जानकारी दिए । शेरीदेखि साढे ८ किलोमिटर लामो प्रसारण लाइनमार्फत विद्युत् चमेलियामा जोड्ने लक्ष्य छ ।
सो अवसरमा प्रतिनिधिसभा पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंह, पूर्वमन्त्री गणेशसिंह ठगुन्ना, सुदूरपश्चिम प्रदेशसभा सदस्य मानबहादुर धामी र विक्रमसिंह धामीको समेत सहभागिता थियो ।