सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा,बोनस कति ?
Last updated at 04:00 pm
सिटिजन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/ ०८१ को मुनाफाबाट शेयरधनीहरुका लागि लाभांश घोषणा गरेको छ।
कम्पनीले हाल कायम चुक्तापूँजीको २६दशमलव ९८४१ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि१दशमलव ४२०२२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
कम्पनीको गत फागुन ८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरनीले पाउने छन् ।
हाल कम्पनीको चुक्तापूँजी ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ छ ।बोनस शेयर वितरण गरेपछि कम्पनीको चुक्तापूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ ।
Visited 1 times, 1 visit(s) today