पोखरामा ‘नाडा प्रिजेण्ट्स वाडा अटो शो २०२५’ आयोजना हुँदै
Last updated at 04:10 pm
पोखराको प्रदर्शनी केन्द्रमा आगामी चैत १४ गतेदेखि १७ सम्म नाडा प्रिजेण्टस् वाडा अटो शो २०२५ आयोजना हुने भएको छ । यसका लागि वाडाले बुकिङ्ग खुल्ला गरेको बताएको छ।
गत पुस २० गते काठमाडौंमा नाडाले आफ्नो संस्थागत सदस्य पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशन(वाडा) का पदाधिकारी तथा सदस्यहरु बीच पोखरामा पहिलो पटक वाडा अटो शो आयोजना गर्ने सम्बन्धमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।
प्रदर्शनीमा भाग लिने सम्बन्धी गरिएको सर्वेक्षणको आधारमा यस वर्ष पहिलो पटक पोखरामा वाडा अटो सो आयोजना गर्न लागिएको हो । नाडा प्रिजेण्टस् वाडा अटो शोमा २–पाङग्रे, ३–पाङग्रे, ४–पाङग्रे, लाइट कमर्शियल, हेभि कमर्शियल तथा मेसिनरी इक्युप्मेन्ट्स्, वित्तीय संस्था, इन्स्योरेन्स, अटो कम्पोनेन्ट्स एवं ग्यारेज उपकरणहरुलाई समुहअनुसार छुट्टाइएको हुँदा सोहीअनुरुप रजिष्ट्रेशन गर्न मिल्ने व्यवस्था मिलाइएको छ ।
वाडाका अध्यक्ष दिपेन्द्र कोइरालाका अनुसार अर्थतन्त्रमा राजस्व संकलन र रोजगारी सृजनाका लागि विषेश योगदान पु¥याउँदै आइरहेको सवारी साधन क्षेत्रमा संलग्न उद्योगी, व्यवसायी, कर्मचारी एवं आम उपभोक्ताहरूलाई यस नाडा प्रिजेण्ट्स वाडा अटो शो २०२५ ले सकारात्मक ऊर्जा एवं नविनतम् प्रविधिहरुको साक्षात्कार गराउने अपेक्षा रहेको वाडाले बताएको छ ।
यसै क्रममा नाडाले सम्भाव्यता अध्ययन गरी आफना प्रदेश एशोसिएशनहरु मार्फत नेपालका अन्य मूख्य सहरहरुमा अटो प्रदर्शनीको आयोजना गर्नेछ ।