बैंकमा कार्यरत कर्मचारीहरुले जागिर छाड्ने प्रवृत्ति बढ्यो : पूर्व कार्यकारी निर्देशक थापा
Last updated at 07:43 am
नेपाल राष्ट्र बैङ्कका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले पछिल्लो समय बैङ्किङ क्षेत्रमा कार्यरत व्यक्तिहरुले जागिर छाड्ने क्रम बढ्दै गएको बताएका छन् ।
उडान शैक्षिक केन्द्रको आयोजनामा राष्ट्रिय वाणिज्य बैंकको बैंकिङ सेवामा प्रवेश गरेका विद्यार्थीहरूलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उनले बैंकिङ क्षेत्रको विश्व अहिले धेरै चुनौतीपूर्ण र प्रतिस्पर्धात्मक हुँदै गएको भन्दै यसक्षेत्रमा काम गर्ने कर्मचारीहरूले नयाँ प्रविधिको प्रयोग गर्न आवश्यक रहेको बताए । बैङ्कहरूमा १२ घण्टा समय दिएर काम गर्नुपर्ने दबाबका कारण बैङ्किङ क्षेत्रमा काम गर्नेहरू निराश भएर जागिर छाड्ने गरेको उनको भनाइ छ।
उनले भने, ‘बैङ्किङ अब केवल परम्परागत तहमा सीमित छैन, यसको प्रतिस्पर्धा र चुनौतीहरू दिनानुदिन बढ्दै गइरहेका छन् । अहिले कामका लागि १२ घण्टा समय दिनुपर्ने र ठूलो दबाब भई जागिर छोड्ने प्रवृत्तिहरू देखिन थालेका छन् । यो अवस्था सुधार्न प्रविधि र नयाँ सीपहरूको प्रयोग अत्यन्त महत्त्वपूर्ण छ ।’
उनले बैङ्किङ क्षेत्र अब परम्परागत तहमा मात्रै सीमित नभएको भन्दै यसको प्रतिस्पर्धा र चुनौती दैनिक रूपमा बढ्दै गएको उल्लेख गरे । उनले बैङ्किङ क्षेत्रमा काम गर्दा नयाँ सीप र प्रविधिको प्रयोगमा बैङ्कहरूले प्राथमिकता दिनु पर्ने बताए ।
उनले बैङ्किङ क्षेत्रको विश्व अहिले धेरै चुनौतीपूर्ण र प्रतिस्पर्धात्मक हुँदै गएको बताए ।साथै उनले बैङ्किङ क्षेत्रमा भविष्यका अवसर र चुनौतीहरूलाई स्विकार्दै नयाँ सीप र प्रविधिको उपयोग गर्न आवश्यक रहेको बताए ।