आदर्श बालिका विद्यालयमा नेपाल एसबिआई बैंकद्वारा शैक्षिक सामग्री वितरण
Last updated at 05:42 pm
नेपाल एसबिआई बैंकले मोरङ जिल्लाको बिराटनगर महानगरपालिकास्थित आदर्श बालिका माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई स्कुल ब्याग र शैक्षिक सामाग्री प्रदान गरेको छ।
कम्पनीका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका सदस्यहरूलाई एक कार्यक्रमको बीचमा उक्त सामाग्रीहरू हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत राजेश कुमार पंडा, प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याललगायत विद्यालयका उच्च अधिकारीहरू र शिक्षकको उपस्थिति थियो।
Visited 1 times, 1 visit(s) today