सानिमा बैंकद्वारा २ अर्ब ऋण लिने सम्झौता, नवीकरण ऊर्जाको लागि वस्तु आयातमा सघाउने
Last updated at 07:52 am
सानिमा बैंकले ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्टबाट १ करोड ५० लाख डलर (करिब २ अर्ब ८ करोड रूपैयाँ) ऋण लिने सम्झौता गरेको छ।
जलविद्युतका साथै उत्पादनमूलक, खाद्य तथा कृषि सामग्री उत्पादनमा नवीकरणीय ऊर्जाको प्रयोगको लागि आवश्यक हुने वस्तु आयातको लागि यो रकम खर्चिने बताइएको छ।
नवीकरणीय ऊर्जा अयोजना निर्माण, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल उपकरण, सौर्य उर्जाका लागि आवश्यक उपकरण आयातमा यसले सहयोग पुग्ने अपेक्षा कम्पनीले गरेको छ।
यो सम्झौताले नेपालमा स्वास्थ्य ऊर्जा आपूर्ति सम्बन्धमा सरकारले लिएको लक्ष्यलाई सघाउ पुग्ने पनि कम्पनीले उल्लेख गरेको छ।सरकारले सन् २०३५ सम्म १५ गिगावाट विद्युत उत्पादनको लक्ष्य लिएको छ।
Visited 2 times, 1 visit(s) today