स्वरोजगार लघुवित्तको एफपीओ फागुन १८ गतेदेखि निष्कासनमा
Last updated at 04:38 pm
स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आगामी फागुन १८ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गर्ने भएको छ ।हालैमात्र कम्पनीले नेपाल धितोपत्र बोर्डबाट एफपीओ निष्कासन गर्ने अनुमति पाएको थियो।
कम्पनीले १०० रूपैयाँ अंकित मूल्यमा १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ निष्कासन गर्ने छ । कम्पनीको एफपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिने छ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल छ।कम्पनीको शेयरमा ढिलोमा फागुन ३ गतेसम्म आवेदन दिन सकिने छ ।
उक्त कम्पनीको शेयरमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन्।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने/गाभिनका लागि अन्तिम स्वीकृति पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने हुँदा लघुवित्त कम्पनीले एफपीओ जारी गर्न लागेको हो ।