अरुणिमा एजुकेशन फाउन्डेसनमा गुहेश्वरी मर्चेन्टको वित्तीय साक्षरता
Last updated at 07:23 pm
गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले काठमाडौं महानगरपालिका- ६ को बौद्धमा रहेको अरुणिमा एजुकेशन फाउन्डेसनका विद्यार्थीहरुका लागि डिजीटल बैंकिङ्ग बारे जानकारी दिने उद्धेष्यले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा डिजिटल बैंकिङ्ग अन्तर्गत ग्राहकहरूले जुनसुकै स्थानबाट बैंकिङ सेवा प्रयोग गर्न सकिने हुँदा समय र श्रमको बचत भई आफ्नो खाता र बैंकिङ्ग कारोबारलाई सुरक्षित राख्न पासवर्ड र दुई–चरण प्रमाणीकरण जस्ता उपायहरू प्रयोग गर्न सकिने, आफ्नो खाता र बैंकिङ्ग कारोवारको जानकारी तुरुन्तै लिन सक्ने, मोबाइल एप्स र वेबसाइटहरू मार्फत सजिलै पैसा पठाउन र प्राप्त गर्न सकिने विषयमा जानकारी दिइएको थियो।
उक्त कार्यक्रममा कम्पनीका बौद्ध शाखाका प्रबन्धक दिगम्बर श्रेष्ठ, सूचना प्रविधि विभागका विभागिय प्रमुख सुजन डंगोल तथा अन्य कर्मचारी र अरुणिमा एजुकेशन फाउन्डेसनका प्रिन्सिपल ईश्वरी प्रसाद न्यौपानेको सहभगिता थियो ।
संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत उक्त कम्पनीले विगत वर्षदेखि नै वित्तीय साक्षरता तथा सामाजिक कार्यहरु गर्दै आएको छ। आगामी दिनहरुमा पनि यसैगरी यस्ता कार्यलाई निरन्तरता दिने लक्ष्य रहेको कम्पनीले बताएको छ।
हाल कम्पनीले मुलुकभर २३ वटा शाखा कार्यालयहरु, ४ वटा विस्तारित काउण्टरहरुबाट सेवा प्रदान गर्दै एटीएएम सेवा, सेफ डिपोजिट लकर सेवा, डिम्याट खाता, मोबाइल बैकिङ्ग सेवाहरु जस्ता आधुनिक बैकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ।
Visited 1 times, 1 visit(s) today