तौलिहवामा ‘बजाज प्लाटिनाको माइलेज च्याम्पियन’ हुँदै
Last updated at 06:36 pm
कपिलवस्तुको तौलिहवामा आगामी फागुन ७ गते ‘बजाज माइलेज च्याम्पियन’ गरिने भएको छ ।
बजाजको प्लाटिना मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न माइलेज च्याम्पियनको आयोजना गर्न लागिएको हो । तौलिहवाको बुद्ध पद्म माविको खेल मैदानस्थित केदारनाथ अटोमोवाइल्सले यो कार्यक्रम आयोजना गर्न लागेको हो ।
यो कार्यक्रमले बजाज प्लाटिनाको इन्धन बचत र भरपर्दो विशेषताहरूलाई झल्काउनुका साथै चालकहरु बिच मैत्रीपूर्ण प्रतिस्पर्धाको भावना प्रवर्द्धन गर्ने विश्वास आयोजकको छ ।
कार्यक्रममा जो कोही मोटरसाइकल चालकहरुले सहभागीता जनाउन सक्नेछन् । माइलेज च्याम्पियनमा सहभागी चालकहरूले न्यूनतम लागतमा सबैभन्दा धेरै दूरी तय गर्ने लक्ष्यसहित प्रतिस्पर्धा गर्नेछन् । कार्यक्रमले बजाज प्लाटिनाको इन्धन दक्षता र विश्वासनीयतालाई उजागर गर्दै नेपालका बजाजप्रेमीहरू बीचको एकताको भावना विकास गर्ने कम्पनीको दाबी छ ।
बजाजका मोटरसाइकलहरु मध्यमा पनि प्लाटिना मोटरसाइकल अधिकतम माइलेज दिने मोटरसाइकलमा पर्दछ । पछिल्लो समय पेट्रोलियम पदार्थको मुल्यवृद्धि भएसँगै आम ग्राहकवर्गमा यो मोटरसाइकल लोकप्रिय छ ।
यो मोटरसाइकलको विशेषता, माइलेजबारे जानकारी दिन यस माइलेज च्याम्पियनको आयोजना गरिएको आयोजकले बताएको छ ।