नागरिक लगानी कोष र एलसी इनर्जी बीच शेयर प्रत्याभूति सम्झौता
Last updated at 06:09 pm
नागरिक लगानी कोष र एलसी इनर्जी लिमिटेड बीच शेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र एलसी इनर्जीका प्रबन्ध सञ्चालक विश्व श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँका दरले ६ लाख कित्ता बापतको ६ करोड रुपैयाँ बराबरको शेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो ।
सम्झौताको अवधि हस्ताक्षर भएको मितिले ६ महिनासम्म रहने बताइएको छ ।
Visited 1 times, 1 visit(s) today