नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि ५ जना सर्टलिष्टमा, को बन्ला त अध्यक्ष ?
Last updated at 05:51 pm
नेपाल बीमा प्राधिकरणको रिक्त रहेको अध्यक्ष पदका लागि आवेदन दिएकाहरुमध्ये पाँच जना सर्टलिष्टमा परेका छन्।
प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिको फागुन ४ गतेको निर्णयानुसार सोमबार कमल प्रसाद रेग्मी, चिरञ्जीवी चापागाईं, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझाको नाम सर्टलिष्टमा परेको सूचना सार्वजनिक गरेको हो।
सर्टलिष्टमा परेका रेग्मी बीमा प्राधिकरणकै कार्यकारी निर्देशक हुन् भने चापागाईं प्राधिकरणका पूर्वअध्यक्ष हुन्। त्यस्तै, बसौला स्वास्थ्य बीमा बोर्डका पूर्वकार्यकारी निर्देशक, पुडासैनी पूर्वराजस्व सचिव र ओझा पत्रकार हुन्।
समितिले सर्टलिष्टमा परेकाहरुलाई फागुन १० गते प्रस्तुतिकरण र अन्तरवार्ताका लागि बोलाएको छ। प्रतुतिकरण र अन्तरवार्ता अर्थमन्त्रालय, सिंहदरबार, काठमाडौंमा दिउँसो २ बजेदेखि शुरु हुनेछ।
सर्टलिष्टमा परेक केहि व्यक्तिहरुले आवेदन दिएयतादेखि नै अध्यक्षका लागि विभिन्न शक्तिकेन्द्रमा तिव्ररुपमा लविईङ गरिरहेका छन् । स्रोतका अनुसार सर्टलिस्टमा परेका उनीहरुमध्ये नेकपा(एमाले) को तर्फबाट रामशरण पूडासैनी तथा नेपाली कांग्रेसकोतर्फबाट शरद ओझा सम्भावित पात्रको रुपमा परिचित पात्र हुन् ।
समितिले यसपछि ती मध्येबाट तीन जनाको नाम सरकार समक्ष सिफारिस गर्नेछ। जसमध्ये एक जनालाई मन्त्रिपरिषद्ले बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्षमा नियुक्त गर्नेछ।
समितिले गत पुस २६ गते सूचना जारी गर्दै खुला प्रतिस्पर्धाबाट प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको थियो।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेसँगै प्राधिकरणमा अध्यक्ष पद रिक्त छ ।