‘बजाज एन २५०’ को लन्चसँगै स्पीड फेस्ट- २०२५ सम्पन्न
Last updated at 10:30 am
नेपालकै सबैभन्दा ठूलो बाइक उत्सव स्पीड फेस्ट- २०२५ शनिबार एलिस रिसेप्सन बालुवाटारमा सम्पन्न भएको छ ।
मोटरसाइकल प्रेमीहरूको उपस्थिति रहेको उक्त इभेन्टमा ७० भन्दा बढी सुपरबाइक प्रदर्शनी, ग्रान्ड बाइक र्याली, टेस्ट राइड सेसन, नेपालका चर्चित ब्याण्डहरू द एलिमेन्टस् र रक हेड्सको प्रत्यक्ष सांगीतिक प्रस्तुतिलगायत विभिन्न रोमाञ्चक कार्यक्रमहरू समावेश थिए ।
उक्त फेस्टमा बजाजको एन २५० मोडल लन्च गरिएको थियो ।त्यसैगरी, यस वर्षको स्पीड फेस्टमा हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिद्वारा वितरित बजाज, केटिएम डुक र ट्रायम्फ ब्रान्डका मोटरसाइकलहरूको विशेष सहभागिता थियो ।
बजाज एन २५० को लन्च, स्पीड फेस्ट २०२५ को प्रमुख आकर्षण बन्न सफल रहेको थियो । यो मोटरसाइकलमा पावर, आधुनिक प्रविधि र परिष्कृत डिजाइनको उत्कृष्ट संयोजन छ । बजाज एन २५० मा २४ दशमलव ५ पिएस पावर दिने २४९ सीसी सिंगल–सिलिन्डर, फ्युल–इन्जेक्टेड, आयल–कुल्ड इन्जिन समावेश गरिएको छ ।
यसमा डुअल च्यानल एबीएस, सुधारिएको चेसिस, एलईडी हेडलाइट, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र अपग्रेडेड एडजस्ट सिस्टम छ । जसले बाइकलाई थप स्टाइलिश र सुरक्षित बनाउँछ ।
बजाज एन २५० को लन्चपछि बाइक प्रेमीहरूलाई नयाँ प्रविधि र डिजाइनका मोटरसाइकल चढ्न अनुभव गर्ने अवसर पनि प्रदान गरिएको थियो ।