आइएमई पे र खल्ती बीच मर्जर सम्झौता,शेयर अनुपातको टुंगो लाग्न बाँकी
Last updated at 06:33 pm
नेपालका प्रमुख दुई भुक्तानी सेवा प्रदायक कम्पनी आइएमई पे र खल्ती बीच मर्जर हुने भएको छ ।
दुई कम्पनी मर्जर गर्ने सम्बन्धमा आइतबार सैद्धान्तिक सहमति भएको छ । सहमति पछि आइतबारनै नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाइएको छ ।
हाल आइएमई पेमा र खल्तीमा करिब ३०० को हाराहारीमा कर्मचारी कार्यरत छन्। मर्जरपछि बन्ने नयाँ कम्पनीको नाम आइएमई खल्ती रहने बताइएको छ।
नयाँ बन्ने कम्पनीमा आइएमई समूहकै शेयर हिस्सा धेरै रहने स्रोतको बताएको छ। तर मर्जरको लागि शेयर अनुपातको टुंगो लाग्न भने बाँकी छ।आइएमई पेलाई आइएमई डिजिटल सोलुसन लिमिटेडले यसको सञ्चालन गरिरहेको छ। आइएमई डिजिटल सोलुसनमा आइएमई ग्रूपको ९८ प्रतिशत शेयर स्वामित्व छ।
खल्तीमा भने अमित अग्रवाल लगायतको शेयर स्वामित्व छ। उक्त कम्पनीमा वर्ल्ड लिंकको ४० प्रतिशत शेयर स्वामित्व छ।भुक्तानी सेवा प्रदायक बीच नेपालमा पहिलो पटक मर्जर हुन लागेको हो ।