ग्लोबल आइएमई लघुवित्तद्वारा आधारभुत सिपमुलक तालिम आयोजना
Last updated at 06:48 pm
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको तनहुँ शाखाको आयोजनामा आबद्ध सदस्यहरुका लागि आयोजित आधारभुत क्रिष्टल तथा चुरापोते बनाउने सिपमुलक तालिम सम्पन्न भएको छ ।
दुई दिनसम्म सञ्चालित उक्त तालिममा विभिन्न वडाहरुका गाउँटोलमा बसोबास गर्दै आएका २७ जना महिलाहरुको सहभागीता थियो। तनहुँ उद्योग वाणिज्य संघ तनहुँको सभा हलमा सञ्चालित उक्त तालिममा रविना रिजालले प्रशिक्षण दिएकी थिइन् ।
तालिमको उद्घाटन प्रमुख अतिति तथा व्यास नगरापालिका- २ का वडा सदस्य सुरेश वाग्लेले गरेका थिए । कम्पनीको शाखा प्रबन्धक सुशिला विकले तालिमको व्यवस्थापन गरेका थिइन्।
तालिम समापनका अवसरमा कम्पनीका अनुगमन अधिकृत प्रकाश लामिछानेले सहभागीहरुलाई सिकेको सिपलाई व्यवहारमा उतार्न आग्रह गर्दै प्रमाणपत्र वितरण गरेका थिए ।
राष्ट्रियस्तर कार्यक्षेत्र रहेको उक्त कम्पनीले समय समयमा नेपालभरका आफ्ना सदस्यहरुलाई विभिन्न समयमा विविध किसीमका सीपमुलक तालीम तथा सामाजिक क्षेत्रमा विविध कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको बताएको छ ।