एनसेलको ‘भ्यालेन्टाइन डे फ्ल्यास सेल’ अफर, न्यूम्यू सनग्लास जित्ने मौका
Last updated at 08:59 am
दूरसञ्चार सेवा प्रदायक एनसेलले भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवशको अवसरमा न्यूम्यूसँगको सहकार्यमा ‘भ्यालेन्टाइन डे फ्ल्यास सेल’ अफर सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत ग्राहकहरूले डेटा प्याक किन्दा बोनस डाटा प्राप्त गर्दछन् र साथै २५ जना भाग्यशाली ग्राहकहरूले न्यूम्यूको सनग्लास जित्ने मौका पाउनेछन् ।
यो फ्ल्यास सेल एनसेल एपमा मात्र उपलब्ध विशेष अफर हो । यस नयाँ अफरअन्तर्गत, भ्यालेन्टाइन डेका दिन एनसेल एपमा फ्ल्यास सेलमा रहेका डेटा प्याकहरू खरिद गर्ने प्रत्येक ग्राहकले प्याकअनुसार १ जीबीदेखि ३० जीबीसम्मको बोनस डेटा र ५० मिनेट अन–नेट टक टाइम प्राप्त गर्नेछन् । साथै, फ्ल्यास सेल प्याक खरिद गर्ने सबै ग्राहकहरूले मार्च ८ सम्म न्यूम्यू उत्पादनहरूमा २० प्रतिशत छुट पाउनेछन् ।
अफरको फाइदा लिन ग्राहकहरूले आफ्नो मोबाइलमा एनसेल एप राखेको हुनुपर्दछ । यदि एनसेल एप नभएमा, उनीहरूले एप स्टोरबाट डाउनलोड गर्न सक्छन् । एप डाउनलोड गरेपछि, एनसेल नम्बर प्रयोग गरी लगइन वा साइन अप गर्न पर्दछ ।
अफरको दिन अर्थात् फेब्रुअरी १४ मा ग्राहकहरूले एनसेल एपको फ्ल्यास सेलमा गई त्यहाँ रहेका आठ प्याकहरू मध्ये आफ्नो डेटा आवश्यकताअनुसार कुनै पनि प्याक खरिद गर्न सक्छन् ।
सूचीमा एक दिन समयावधि रहेको ५० रुपैयाँको अनलिमिटेड डेटादेखि ३० दिन समयसीमा रहेको १ हजार ४९९ रुपैयाँसम्मको प्याकहरू रहेका छन् ।