स्पीड फेस्ट २०२५ फागुन ३ मा,सुपरबाइकको विशेष प्रदर्शनी
Last updated at 06:55 pm
एलिस रिसेप्सन बालुवाटारमा आगामी फागुन ३ गते आयोजना हुन लागेको स्पीड फेस्ट- २०२५ मा ७० भन्दा बढी सुपरबाइकको विशेष प्रदर्शनी हुने भएको छ ।
साथै यस स्पीड फेस्टमा हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिद्वारा वितरित बजाज, केटिएम र ट्रायम्फ ब्रान्डका मोटरसाइकलहरूको विशेष सहभागिता रहनेछ ।
यी मोटरसाइकलहरू आफ्नो उत्कृष्ट प्रदर्शन, पावर र नयाँ प्रविधिका कारण बाइक प्रेमीहरू माझ लोकप्रिय छन् । यस इभेन्टले मोटरसाइकल उत्साहीहरूका लागि रोमाञ्चक अनुभव प्रदान गर्नेमा आयोजकहरु विश्वस्त छन् ।
स्पीड फेस्ट २०२५ नेपालकै सबैभन्दा ठूलो मोटरसाइकल उत्सव हुने आयोजकले बताएका छन् जसमा हजारौं मोटरसाइकल प्रेमी र उद्योगी व्यवसायीहरुको सहभागिता रहनेछ ।
कार्यक्रममा सुपरबाइक प्रदर्शनी, ग्रान्ड बाइक र्याली, नयाँ मोडलको लन्च, टेस्ट राइड सेसन तथा नेपालका चर्चित ब्याण्डहरू द एलिमेन्टस् र रकहेड्सको प्रत्यक्ष सांगीतिक प्रस्तुतिसमेत समावेश छ । स्पीड फेस्ट २०२५ ले नेपालका मोटरसाइकल उत्साहीहरूलाई रोमाञ्चक अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।