अन्तत: विथोलियो होन्डा र निशान बीच मर्जरको वार्ता
Last updated at 07:11 am
बहुप्रतिक्षित दुई ठूला कार निर्माता कम्पनीको मर्जर सम्झौता अन्तत : विथोलिएको छ ।
जापानी कार निर्माता कम्पनीहरू होन्डा र निशानले विभिन्न चरणमा मर्जर सम्झौताबारे छलफल गरिरहेका थिए । तर यो वार्ता निष्कर्षमा नपुगी टुङ्गिएको होन्डा र निशानले बताएका छन् ।
स्रोतका अनुसार ६० अर्ब अमेरिकी डलर बराबरको दुई कम्पनीको मर्जर विथोलिएको हो ।बिक्रीमा गिरावट र व्यवस्थापनको संकटले निशानलाई कमजोर बनेको थियो । विशेषगरी अमेरिकामा हाइब्रिड कारहरूको मागको मूल्याङ्कन गर्न नसक्दा निशानको बिक्री घटेको हो ।
जबकि, अमेरिका नै निशानको प्रमुख बजार थियो।चिनयाँ सवारीसाधनको दबदबासँग भिड्न शुरु गरिएको मर्जर वार्ता एक महिनाभित्रै विफल भएको छ । वार्ताका क्रममा होन्डाले निशानलाई सहायक कम्पनी बन्न, श्रमिक संख्या र कारखानाको क्षमता घटाउन दबाब दिएको थियो । तर होन्डाले यो शर्त मान्न तत्परता देखाएन। यसमा होन्डाले भने समान व्यवहार गर्नुपर्ने शर्त अगाडि सारेको थियो।
मर्जर वार्ता असफल भए पनि विद्युतीय सवारी साधन निर्माणमा साझेदारीलाई भने निरन्तरता दिने बताइएको छ । कनिष्ठ साझेदार मिसुबिसीसँग मिलेर दुबै कम्पनीले आ–आफ्नो व्यवसायलाई विशेषगरी चीनबाट आइरहेको चर्को प्रतिस्पर्धासँग लड्न सक्ने बनाउन खोजेका छन् ।
अगाडि बढ्दै गर्दा तीन ओटै कम्पनीले बौद्धिकता र विद्युतीय सवारी साधनको युगलाई लक्षित गरेर तयार पारिएको रणनीतिक साझेदारीको ढाँचामा एक–अर्कासँग सहकार्य गर्ने बिहीबार जारी गरिएको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
निशान अब नयाँ साझेदारहरूको खोजीमा रहेको छ । र फोक्सवानसँग सहकार्यको संभावना छ।एजेन्सीहरु