नवनियुक्त अर्थ सचिवले लिए राष्ट्र बैंक सञ्चालक सदस्यको शपथ
Last updated at 04:54 pm
अर्थ मन्त्रालयका नवनियुक्त सचिव घनश्याम उपाध्यायले बिहीबार नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्य पदको शपथ ग्रहण गरेका छन् ।
उनले प्रधानन्यायाधीश प्रकाशमान सिंहसमक्ष सपथ लिएका हुन् । सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा उनले सपथ लिएको राष्ट्र बैंकले बताएको छ ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ । सोही ऐनको दफा १०८ (१) मा बैंकका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ ।
सो अवसरमा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल, रजिष्ट्रारद्वय विमल पौडेल र भद्रकाली पोखरेल, सह–रजिष्ट्रारहरू, नेपाल राष्ट्र बैंकका निर्देशक एवम् सञ्चालक समितिका सचिव मुक्तिनाथ सापकोटालगायतको उपस्थिति थियो ।