दोस्रो त्रैमासमा एचआईडीसीएलको नाफा ५२ करोड २३ लाख
Last updated at 03:56 pm
हाइड्रोइलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलप्मेन्ट कम्पनी (एचआईडीसीएल) ले चालू आर्थिक वर्ष २०८१/ ०८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार उक्त अवधिमा कम्पनीले ५२ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिसम्ममा कम्पनीले ७५ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यो नाफा गत आवको सोही अवधिको तुलनामा ३० दशमलव ६२ प्रतिशत कम हो ।
समीक्षा अवधिसम्ममा कम्पनीको वित्तीय आम्दानी भने घटेको देखिन्छ । कम्पनीको यस्तो आम्दानी २९ दशमलव ५९ प्रतिशतले घटेर ७५ करोड ८६ लाख रुपैयाँ कायम छ । त्यसेगरी कम्पनीको ग्राहकसँगको सम्झौताबाट हुने आम्दानी १ करोड २३ लाख रुपैयाँबाट घटेर ४७ लाख ३ हजार रुपैयाँ छ ।
कम्पनीको रिजर्भ कोषमा ३ अर्ब ४७ करोड रुपैयाँ सञ्चित छ । यसैगरी,कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक ४ दशमलव २५ रुपैयाँ छ । समीक्षा अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११४ दशमलव १५ रुपैयाँ छ । कम्पनीको चुक्तापूँजी २४ अर्ब ५५ करोड रुपैयाँ छ।
कम्पनीको शेयरमूल्य हाल दोस्रो बजारमा २५६ रुपैयाँ प्रतिकित्ता छ।