सालपा विकास बैंकको आईपीओ निष्कासन गर्ने तयारी, बोलायो साधारण सभा
Last updated at 11:00 am
सालपा विकास बैंकले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ ।
आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्न कम्पनीले आगामी फागुन २७ गते साधारण सभा बोलाएको छ।
कम्पनीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका- २ स्थित शुभम फाउन्डेसनको सभाहलमा १३ औंवार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजेदेखि शुरु हुनेछ।
सभाले आईपीओ निष्कासनका साथै सोको प्रयोजनार्थ प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
कम्पनीले निकट समयमा नै सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । स्रोतका अनुसार कम्पनीको चुक्तापूँजी ३५ करोड पुगिसकेकोले अब १५ करोड बराबरको आईपीओ निष्कासन गर्ने योजना छ । सर्बसाधारणलाई १५ करोडको आईपीओ निष्कान गरेपछि कम्पनीको चुक्तापूँजी ५० करोड पुग्ने छ ।
नेपाल राष्ट्र बैंकको नियम अनुसार एक जिल्ले कार्यकक्षेत्र भएका विकास बैंकले ५० करोड चुक्तापूँजी पुर्याउनु पर्ने हुन्छ ।कम्पनीले यसअघि नै आईपीओ निष्कासन गर्नको लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।
‘खोटाङको बचत, खोटाङमै लगानी’ भन्ने मूल नारासहित २०६९ साउन ३ गते कम्पनीले दिक्तेल बजारमा केन्द्रीय कार्यालय स्थापना गरेर सेवा प्रवाह गरिरहेको छ ।