हिमालयन रि- इन्स्योरेन्सको नाफा ६१ करोड ६९ लाख
Last updated at 09:52 am
हिमालयन रि- इन्स्योरेन्सले चालू आर्थिक वर्ष २०८१/ ०८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । वित्तीय विवरण अनुसार उक्त अवधिसम्ममा कम्पनीको नाफा २ दशमलव ३ प्रतिशतले बढेको छ ।
वित्तीय विवरणअनुसार सो अवधिसम्ममा कम्पनीले ६१ करोड ६९ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा ६० करोड २७ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा कम्पनीको खुद प्रिमियम आम्दानी पनि बढेको छ । यस्तो आम्दानी पहिले १ अर्ब ९९ करोड रहेकोमा अहिले २ अर्ब ३९ करोड रुपैयाँ छ ।
कम्पनीको कुल आम्दानी ३ अर्ब ४ करोड रुपैयाँ छ । यस्तो आम्दानी गत आवमा २ अर्ब ४६ करोड रुपैयाँ थियो ।यसैगरी समीक्षा अवधिसम्ममा कम्पनीको कुल खर्च पनि बढेको छ । पहिले कुल खर्च १ अर्ब ६० करोड रहेकोमा अहिले २ अर्ब २ करोड रुपैयाँ छ ।
समीक्षा अवधिमा कम्पनीले २ अर्ब ५० करोड ६७ लाख ३ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । जुन गत आवको सोही अवधिमा २ अर्ब २४ करोड २१ लाख ५६ हजार रुपैयाँ छ ।
त्यसैगरी, कम्पनीको खुद बीमा शुल्क आर्जन पनि १ अर्ब ९९ करोड ६० लाख ५१ हजार रुपैयाँबाट बढेर २ अर्ब २९ करोड ३४ लाख ९८ हजार रुपैयाँ पुगेको छ ।कम्पनीको रिटेन्ड अर्निङमा १ अर्ब ३२ करोड ५६ लाख ४१ हजार रुपैयाँ छ ।
नाफा बढ्दा पनि कम्पनीको प्रतिशेयर आम्दानी भने घटेको देखिन्छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी पहिले १२दशमलव ५ रुपैयाँ रहेकोमा अहिले ११ दशमलव ८६ रुपैयाँ छ ।
कम्पनीको प्रतिशेयर नेटवर्थ १६१ दशमलव ५७ रुपैयाँ छ । कम्पनीको चुक्तापूँजी १० अर्ब ४० करोड रुपैयाँ छ ।हाल कम्पनीको शेयरमूल्य धितोपत्र बजारमा प्रतिकित्ता ८५३ रुपैयाँ छ ।