सिटिजन्स बैंक र वात्सल्य नेचुरल बीच विशेष छूट दिने समझदारी
Last updated at 09:39 am
सिटिजन्स बैंक इन्टरनेशनल र काठमाडौंको नारायणचौरस्थित वात्सल्य नेचुरल बीच ग्राहकहरूलाई विशेष छूट दिने समझदारी भएको छ ।
सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् कम्पनीका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले वात्सल्य नेचुरलमा १० प्रतिशतसम्मको छूट पाउनेछन् । यस किसिमको सहकार्यबाट कम्पनीका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने छन् ।
कम्पनीले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहक मैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छूट सम्बन्धी विस्तृत विवरणहरू कम्पनीको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।
कम्पनीको देशैभरी १८ लाख ५० हजार ग्राहकहरूसहित ६० जिल्लामा फैलिएका १९८ वटा शाखा, १६३ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग इकाइहरु सञ्चालनमा छन् ।