मार्चदेखि पोखरा–ल्हासा सिधा उडान गर्ने हिमालय एयरलाइन्सको योजना
Last updated at 07:17 am
निजी क्षेत्रबााट सञ्चालित नेपाली अन्तरराष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले पोखरा–ल्हासा रुटमा सिधा उडान गर्ने भएको छ ।
कम्पनीले बुधबार यस्तो घोषणा गरेको हो ।
कम्पनीले आगामी मार्चदेखि सिधा उडान गर्ने घोषणा गरेको हो । यो पोखरा अन्तरराष्ट्रिय विमानस्थलको पहिलो नियमित उडान हुनेछ ।
यसअघि पोखरामा चार्टर उडान भइरहे पनि नियमित उडान हुन सकेको छैन । पोखरा नेपालको पर्यटन राजधानी हो । यस गन्तव्यमा चिनियाँ पर्यटक लक्षित गर्दै कम्पनीले सिधा उडान गर्न लागेको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार उक्त कम्पनीले ल्हासाका लागि ‘स्लट’ मागिरहेको थियो ।
Visited 1 times, 1 visit(s) today