लुम्बिनी केबुलकार र पश्चिम नेपाल बस व्यवसायी बीच यात्रुलाई छूट दिने सम्झौता
Last updated at 06:20 pm
लुम्बिनी केबुलकार लिमिटेड र पश्चिम नेपाल बस व्यवसायी बीच व्यावसायिक सहकार्य सम्बन्धी सम्झौता भएको छ ।
एक समारोहका बीच सम्झौता पत्रमा लुम्बिनी केबुलकारका म्यानेजर प्रज्वल घिमिरे र पश्चिम नेपाल बस व्यवसाय सञ्चालक समिति अध्यक्ष दधिराम खरेलले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार पश्चिम नेपाल बस व्यवसायीमा आबद्ध व्यवसायी र यस कम्पनीमा आबद्ध बसमा यात्रा गर्ने यात्रुले लुम्बिनी केबुलकारको टिकटमा २० प्रतिशत छूट पाउने छन् ।
यात्रुहरूले पश्चिम नेपाल बस व्यवसायी प्रालिमा आबद्ध बसहरूमा यात्रा गरेको टिकट देखाइ ३ महिनाभित्रमा २० प्रतिशत छूट सुविधा लिन सक्नेछन् ।
Visited 1 times, 1 visit(s) today