हिमालयन एभरेष्ट र आइएमई लाईफ इन्स्योरेन्सको लाभांश घोषणा
Last updated at 05:58 pm
हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पीको गत माघ २९ गते अपरान्ह बसेको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले हाल कायम चुक्तापूँजीको ८ दशमलव ७५ प्रतिशत अर्थात् २१ करोड ८७ लाख ६३ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
यसैगरी, आइएमई लाईफ इन्स्योरेन्सले पनि गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।कम्पनीले गत माघ २९ गते बसेको बैठकबाट लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले हाल कायम चुक्तापूँजीको २१ दशमलव शून्य ५ प्रतिशत अर्थात् १ अर्ब ५ करोड २६ लाख ३२ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
प्रस्तावित दुबै कम्पनीको लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात शेयरधनीले पाउने छन्।