सन नेपाल लाइफले घटायो नाफा
Last updated at 05:55 pm
सन नेपाल लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्ष २०८१/०८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। जसअनुसार उक्त अवधिसम्ममा कम्पनीको खुद नाफा घटेको छ।
उक्त अवधिमा कम्पनीले २८ करोड २२ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३२ करोड ८४ लाख रुपैयाँ खुद नाफा गरेको थियो । यस्तो नाफा गत आवको सोही अवधिको तुलनामा १४ दशमलव शून्य ५ प्रतिशतले घटी हो ।
समीक्षा अवधिमा कम्पनीले खुद बीमा शुल्क आम्दानी भने ३७ दशमलव ८१ प्रतिशतले बढेर २ अर्ब १८ करोड रुपैयाँ पुगेको छ ।यसैगरी, कम्पनीको रिटेन्ड अर्निङमा ७७ करोड १७ लाख रुपैयाँ छ । समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १० दशमलव २६ रुपैयाँबाट बढेर १४ दशमलव २५ रुपैयाँ पुगेको छ ।
त्यस्तै कम्पनीको महाविपत्ति कोषमा १८ करोड ९१ लाख रुपैयाँ छ । यसैगरी, कम्पनीको रिटेन्ड अर्निङमा ७७ करोड १७ लाख रुपैयाँ र अन्य इक्विटीमा ३९ करोड ६ लाख रुपैयाँ छ।
समीक्षा अवधिसम्म कम्पनीको जीवन बीमा कोषमा ८ अर्ब ९६ करोड ९४ लाख रुपैयाँ छ। गत आवको सोही अवधिसम्ममा कम्पनीको जीवन बीमा कोषमा ६ अर्ब ४३ करोड ५५ लाख रुपैयाँ थियो।
समीक्षा अवधिमा कम्पनीले २ अर्ब ४५ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
कम्पनीको प्रतिशेयर नेटवर्थ १६६ दशमलव १२ रुपैयाँ छ । हाल कम्पनीको चुक्तापूँजी ३ अर्ब ९६ करोड १६ लाख ६० हजार रुपैयाँ छ ।