सानिमा बैंकद्वारा कालीकोटमा विद्यार्थीलाई न्यानो लुगा वितरण
Last updated at 09:35 am
सानिमा बैंकले कालीकोटको खाँडाचक्र नगरपालिका–१ कोइरेलगाउँ स्थित चिनारी आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो लुगा वितरण गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कम्पनीको मान्म शाखाले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो।
कम्पनीका अनुसार चिसो मौसमका कारण न्यानो लुगाको अभावमा विद्यार्थीको पठनपाठनमा समेत असर परेको हुँदा विद्यार्थीलाई न्यानो लुगा वितरण गरिएको हो ।
शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरतालगायत अन्य विभिन्न क्षेत्रमा जनतालाई प्रत्यक्ष फाइदा हुने गरी कार्यक्रम सञ्चालन गर्दै आएको र भविष्यमा पनि यस्ता कार्यक्रम गर्दै जाने कम्पनीको भनाइ छ ।
कम्पनीको सात वटै प्रदेशमा हाल १३४ वटा कार्यालयहरु र १२५ वटा एटीएम सञ्चालनमा छन् ।
Visited 1 times, 1 visit(s) today