दोस्रो त्रैमासमा शिखर इन्स्योरेन्सको नाफा सामान्य बढ्यो
Last updated at 10:19 am
शिखर इन्स्योरेन्सले चालू आर्थिक वर्ष २०८१/ ०८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । सो अवधिसम्ममा कम्पनीको खुद नाफा सामान्य रुपमा बढेको देखिएको छ ।
समीक्षा अवधिमा कम्पनीले २५ करोड ७३ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यो नाफा २ दशमलव ४८ प्रतिशतले बढी हो ।
समीक्षा अवधिमा कम्पनीले खुद बीमा शुल्क आर्जन ६३ करोड ७६ लाख रुपैयाँ गरेको छ । गत गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५५ करोड १४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । यो १५ दशमलव ६३ प्रतिशतले बढी हो।समीक्षा अवधिमा कम्पनीले २ अर्ब ५ करोड ३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। गत आवको सोही अवधिमा भने कम्पनीले १ अर्ब ९४ करोड १९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।
त्यस्तै, कम्पनीले पुनर्बीमातर्फ १ अर्ब ४१ करोड रुपैयाँ खर्च गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३९ करोड खर्च गरेको थियो ।
यसैगरी, कम्पनीको महाविपत्ति कोषमा १५ करोड १० लाख रुपैयाँ छ भने विशेष सञ्चित कोषमा १ अर्ब ८१ करोड रुपैयाँ छ । समीक्षा अवधिसम्ममा कम्पनीको रिटेन्ड अर्निङमा ४० करोड रुपैयाँ छ । कम्पनीको प्रतिशेयर आम्दानी पनि १९ दशमलव ३९ रुपैयाँ छ । त्यस्तै प्रतिशेयर नेटवर्थ २१२ दशमलव ११ रुपैयाँ छ ।
पुस मसान्तसम्ममा कम्पनीको चुक्तापूँजी २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार रुपैयाँ छ ।