आइएमईको स्टोरी एम्बेसडरमा साइग्रेस नियुक्त
Last updated at 08:04 pm
आइएमई लिमिटेड स्टोरी टेलिङमा छुट्टै पहिचान बनाएका साइग्रेस पोख्रेल अर्थात् सन्तोष पोखरेल स्टोरी एम्बेसडरको रूपमा नियुक्त भएका छन् ।
अब उनले विश्व श्रम बजारमा छरिएर रहेका नेपालीका भोगाइ र देखाइका अनभूतिलाई साइग्रेसले कथा मार्फत उनीहरूका घर आगन र परिवारसम्मै पुरयाउन मद्दत गर्नेछन् ।
नेपाली माटोमा सिकेको सिप र क्षमतालाई विश्व बजारमा पुर्याएर नेपालमा फूल फुलाउन अग्रणी भूमिका निर्वाह गर्ने नेपाली युवाको कथा अब साइग्रेसको आवाजमा सुन्न पाइने कम्पनीले जनाएको छ ।
कामको बाध्यता होइन कामको हुटहुटीले पनि विदेशमा नेपालीले पसिना बगाएका छन् भन्ने कुराको प्रमाणसमेत साइग्रेसको आवाजमा मिसिएको कथाले व्यक्त गर्ने कम्पनीको बुझाइ छ ।
साइग्रेसले आफ्नो आवाज दिएका आइएमईका सामग्रीलाई आइएमईका सामाजिक प्लेटफर्म युट्युब, फेसबुक तथा इन्स्टाग्राम लगायत सञ्जालहरुमा पोस्ट गरिने कम्पनीले जनाएको छ ।
हेर्दा सामान्य लाग्ने तर श्रम बजारमा निकै अर्थपूर्ण मानिएका भोगाइलाई साइग्रेसको वाचन मार्फत टिकटक, रिलमा समेत समेटिने कम्पनीले उल्लेख गरेको छ ।