नेपाल लाइफको वार्षिक साधारणसभा सम्पन्न, २१.०५ %लाभांश पनि पारित
Last updated at 07:11 am
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २५औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । पर्सा जिल्लाको वीरगंजस्थित होटल भिष्वामा आयोजित सभाको अध्यक्षता कम्पनी सञ्चालक समितिका अध्यक्ष गोबिन्द लाल सघांईले गरेका थिए ।
सभाले हाल कायम चुक्तापूँजीको १० प्रतिशत बोनस शेयर र ११ दशमलव शून्य ५ प्रतिशत नगद (करसमेत) लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।बोनस शेयर वितरण गर्दा कायम हुन आउने दशमलबपछिको अंकलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने विशेष प्रस्ताव पनि सभाले पारित गरेको छ । बोनस शेयर वितरणपछि जारी चथा चुक्तापूँजीलाई तदनुरुप वृद्धि गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ ।
यसैगरी,सभाले प्रबन्धपत्र र नियमावलीमा नियमनकारी निकायबाट कुनै संशोधन वा फेरबदल गर्न निर्देशन भएमा सोहीबमोजिम गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय समेत टुङ्गो लगाएको छ ।
कम्पनीले वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले माघ १० गते एक दिन बुक क्लोज गरेको थियो ।हाल कम्पनीको चुक्तापूँजी ८ अर्ब २०करोड ७९ लाख ६६ हजार ५५४ रुपैयाँ छ ।