कुमारी बैंक र अप्टिक आइज विशेष छूट दिने सम्झौता
Last updated at 07:24 pm
कुमारी बैंक र अप्टिक आइज चाबहिल बीच बैंकका ग्राहकहरुलाई अप्टिक आइजबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छूट प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौता बमोजिम अप्टिक आइजबाट प्रदान गरिंदै आएका सेवाहरुमा ग्राहकहरूलाई फ्रेम र सन ग्लासहरुमा १५ प्रतिशत,आँखाजाँचको ओपीडी टिकटमा १० प्रतिशत,ब्रान्डेड फ्रेममा १०प्रतिशत, ब्रान्डेड लेन्स, कन्ट्याक्ट लेन्स, प्रेसक्रिप्सन लेन्स, प्रोग्रेसिभ लेन्स,कन्ट्याक्ट लेन्स सोलुसनमा ५प्रतिशत छूट र चश्माको सामान्य मर्मत तथा परामर्श नि : शुल्क दिइने छ ।
विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिदै आएको उक्त कम्पनीले अनवरत रुपमा वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ इकाईहरु मार्फत ग्राहकलाई सेवाहरु प्रदान गर्दै आइरहेको छ ।