उन्नति सहकार्य लघुवित्तको अध्यक्षमा शाह,सञ्चालकमा ६ जना निर्वाचित
Last updated at 06:06 pm
उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा भरतकुमार शाह चयन भएका छन् । गत माघ २६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको अध्यक्ष पदमा शाहलाई चयन गर्ने निर्णय गरेको हो ।
कम्पनीको रुपन्देहीको भैरहवामा सम्पन्न १० औं वार्षिक साधारण सभाले शाहसहित सञ्चालकमा छ जनालाई निर्वाचित गरेको छ । जसमा अध्यक्षसहित संस्थापक शेयरधनीको समूहबाट ४ जना, सर्वसाधारण समूहमा दुई जना छन् ।
संस्थापक समूहबाट भरतकुमार शाह,कुशुमराज ज्ञवाली,रामचन्द्र आचार्य, खिलराज मैनालीले प्रतिनिधित्व गर्ने छन् । त्यस्तै, सर्वसाधारण समूहबाट कृष्णप्रसाद गौतम र यमकुमार खड्काले प्रतिनिधित्व गर्ने छन् ।
कम्पनीको साधारण सभा रुपन्देहीको भैरहवामा सम्पन्न भएको थियो ।
Visited 1 times, 1 visit(s) today