नेपाल लाइफ इन्स्योरेन्सको नाफा बढ्यो
Last updated at 05:54 pm
नेपाल लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्ष २०८१/०८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण आइतबार प्रकाशित गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा सामान्य बढेको छ।
उक्त अवधिमा कम्पनीको नाफा गत आवको सोही अवधिको तुलनामा ९ दशमलव ४५ प्रतिशत बढी हो । समीक्षा अवधिमा कम्पनीले ४६ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीले गत आवको सोही अवधिसम्ममा ४२ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
पुस मसान्तसम्ममा खुद बीमाशुल्क आर्जन १२ दशमलव २६ प्रतिशतले बढेको छ ।सो अवधिमा कम्पनीले २२ अर्ब १२ करोड रुपैयाँभन्दा बढी आर्जन गरेको छ । कम्पनीले चालू आवको पुस मसान्तसम्ममा खुद बीमा शुल्क २१ अर्ब १२ करोड ९३ लाख ७९हजार रुपैयाँ आर्जन गरेको छ । त्यस्तै कम्पनीले खुद दाबी भुक्तानी १५ दशमलव ९४ प्रतिशत बढी हो ।
समीक्षा अवधिसम्ममा कम्पनीको महाविपत्ती कोषमा १ अर्ब ३० करोड ८३ लाख रुपैयाँ छ । त्यस्तै रिटेन्ड अर्निङ्गमा २ अर्ब ३८ करोड ३४ लाख रुपैयाँ र अन्य इक्विटीमा ७८ करोड २६ लाख रुपैयाँ सञ्चित छ।त्यस्तै कम्पनीको जीवन बीमा कोषको आकार २ खर्ब १८ अर्ब ४१ करोड रुपैयाँभन्दा धेरै छ ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको देखिन्छ। कम्पनीको यस्तो आम्दानी ९९ पैसा बढेर ११ दशमलव ४१ रुपैयाँ पुगेको छ। यसैगरी, कम्पनीको मूल्य आम्दानी अनुपात ७० दशमलव ४२ गुणा छ ।
यसैगरी,कम्पनीको प्रतिशेयर नेटवर्थ १५४ दशमलव ५१ रुपैयाँ छ।कम्पनीको चुक्तापूँजी ८ अर्ब २० करोड ७९ लाख रुपैयाँ छ ।