मानुषी लघुवित्तको नाफामा सुधार, यस्ता छन् अन्य सूचकहरु
Last updated at 11:04 am
मानुषी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्ष २०८१/ ०८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । सो अवधिसम्ममा कम्पनीले ९ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
गत आवको सोही अवधिमा भने उक्त कम्पनी १ करोड ७७ लाख रुपैयाँ घाटामा थियो । वित्तीय विवरण अनुसार चालू आवको हालसम्मको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी तथा सञ्चालन नाफा बढ्दा नाफामा उल्लेख्य सुधार भएको देखिन्छ ।
समीक्षा अवधिसम्ममा कम्पनीले ५ करोड ८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीले ३ करोड ४२ लाख रुपैयाँ आम्दानी गरेको थियो । यो गत आवको सोही अवधिको तुलनामा ४८ दशमलव ४४ प्रतिशतले बढी हो ।
कम्पनीको सञ्चालन नाफा १४ लाख ९ हजार रुपैयाँ छ । गत आवको साही अवधिमा भने यो कम्पनी १ करोड ७७ लाख रुपैयाँ घाटामा थियो । त्यस्तै कम्पनीको रिजर्भ कोषमा ४ करोड ९० लाख रुपैयाँ सञ्चित छ ।कम्पनीको खराबकर्जा भने घटेर ५ दशमलव ४८ प्रतिशतमा झरेको छ।
समीक्षा अवधिसम्ममा कम्पनीको प्रतिशेयर १ दशमलव ८०रुपैयाँ(वार्षिक) कायम छ । यसैगरी, कम्पनीको प्रतिशेयर नेटवर्थ १५०दशमलव ३० रुपैयाँ देखिएको छ ।कम्पनीको चुक्तापूँजी १० करोड ९३ लाख रुपैयाँ छ ।