ई-सेवा मनि ट्रान्सफरको भ्यालेन्टाइन अफर
Last updated at 06:39 am
भुक्तानी सेवा प्रदायक ई – सेवा मनि ट्रान्सफरले विशेष ‘क्यसफुल भ्यालेन्टाइन’ अफर सार्वजनिक गरेको छ।
यस अफरबाट विदेशमा रहेका नेपालीहरूले ई – सेवा वालेटमा रेमिट्यान्स पठाएर आकर्षक नगद पुरस्कार जित्ने अवसर पाउन सक्ने कम्पनीको भनाइ छ ।
फेब्रुअरी ७ देखि फेब्रुअरी १४ सम्म सञ्चालन हुने यो विशेष अभियानमा भाग्यशाली विजेताहरूले दैनिक पुरस्कार रोज डे (फेब्रुअरी ७) देखि किस डे (फेब्रुअरी १३) सम्म १५ हजार रुपैयाँ र बम्पर पुरस्कार फेब्रुअरी १४को भ्यालेन्टाइन डेको अवसरमा ३० हजार रुपैयाँ जित्न सक्ने ई – सेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले बताए ।
Visited 1 times, 1 visit(s) today