चितवन जिल्ला दुग्ध उत्पादक सहकारी र प्रभु बैंक बीच कर्जा प्रवाह गर्न सम्झौता
Last updated at 05:51 pm
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ र प्रभु बैंक बीच किसान वर्गलाई लक्षित गरी ऋण कर्जा प्रवाह गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ।
उक्त समझदारीपत्रमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाको तर्फबाट अध्यक्ष किशोर बगाले र प्रभु बैंकको तर्फबाट प्रदेश प्रमुख सांग्रिला श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
कृषिमन्त्री रामनाथ अधिकारीले उद्घाटन गरेको प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ समारोहमा उक्त सम्झौता भएको हो ।
‘बैंक अफ द इयर २०२३ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३११ शाखा कार्यालयहरु, २८४ वटा एटीएमका साथै ६९ एक्सटेन्सन काउन्टरमार्फत करिब ३५ लाखभन्दा बढि ग्राहकहरु छन् ।
Visited 1 times, 1 visit(s) today