भारतमा पनि आरबीआईले घटायो ब्याजदर
Last updated at 05:36 pm
भारतको केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इन्डिया’ (आरबीआई) ले ब्याजदर घटाएको छ । बैंकले रिपो रेट २५ आधार बिन्दुले घटाएको छ । योसँगै रिपो दर अब ६ दशमलव २५ प्रतिशतमा झरेको छ ।
यसअघि यो दर ६ दशमलव ५ प्रतिशत थियो । भारतमा आरबीआईले करिब ५ वर्षपछि रिपोरेट घटाएको हो ।भारतीय सञ्चारमाध्यमहरुका अनुसार आरबीआईका नयाँ गभर्नर सञ्जय मल्होत्राले पछिल्लो पटक यस्तो कदम चालेका हुन् ।
आर्थिक वर्ष २०२५ मा मुद्रास्फीति दर ४ दशमलव ८ प्रतिशत रहने अनुमान छ ।अझ अगाडि यसमा थप कमी आउनसक्ने पनि अनुमान छ । गर्भनरले बढ्दो डिजिटल ठगी चिन्ताको विषय बताएका छन् ।
आरबीआईले डिजिटल सुरक्षा बढाउने दिशामा पनि काम गरिरहेको छ । एजेन्सीहरु
Visited 1 times, 1 visit(s) today