युनिलिभर नेपालको खुद नाफा ४७ करोड ७८ लाख, प्रतिशेयर आम्दानी पनि बढ्यो
Last updated at 12:56 pm
युनिलिभर नेपालले चालू आर्थिक वर्ष २०८१/ ०८२ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । सो अवधिसम्मका कम्पनीको नाफा उल्लेख्य बढेको छ ।
समीक्षा अवधिमा कम्पनीको खुद नाफा १३ दशमलव ४९ प्रतिशतले बढेको हो । कम्पनीले उक्त अवधिमा ४७ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
गत आवको सोही यस्तो नाफा ४२ करोड १० लाख रुपैयाँ थियो । कम्पनीको सञ्चालन आम्दानी बढ्दा नाफामा टेवा पुगेको हो । यस्तो आम्दानी पहिले १ अर्ब ८४ करोड रहेकोमा अहिले १ अर्ब ९४ करोड रुपैयाँ छ ।
उक्त अवधिमा कम्पनीले कुल खर्चसमेत घटाएको देखिन्छ। पहिले कुल खर्च १ अर्ब ४१ करोड रहेकोमा हाल १ अर्ब ३९ करोडमा झरेको छ । नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ ।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २ हजार ७९ रुपैयाँ छ । पहिले यस्तो आम्दानी २ हजार ७५ रुपैयाँ थियो ।कम्पनीको रिटेन्ड अर्निङ्गमा ४ अर्ब १७ करोड ७८ लाख रुपैयाँ सञ्चित छ।
सो अवधिसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ४३.२७ गुणा छ।कम्पनीको प्रतिशेयर नेटवर्थ ४ हजार २१४ रुपैयाँ छ ।कम्पनीको चुक्तापूँजी ९ करोड २१ लाख रुपैयाँ छ । बिहीबार बजार बन्द हुँदा कम्पनीको शेयरमूल्य प्रतिकित्ता ४६ हजार २ रुपैयाँ छ ।