नेरुडे मिर्मिरे लघुवित्त ६ करोडभन्दा बढी घाटामा, यस्ता छन् प्रमुख सूचक
Last updated at 05:21 pm
नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्ष २०८१/ ०८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । जसअनुसार कम्पनीको अधिकांश सूचकमा गिरावट देखिन्छ ।
समीक्षा अवधिमा कम्पनी ६ करोड २७ लाख रुपैयाँ घाटामा गएको छ । गत वर्षको सोही अवधिसम्मा कम्पनीले २ करोड ४८ लाख नाफा आर्जन गरेको थियो ।
सो अवधिसम्ममा कम्पनीको इम्पेरिमेन्ट चार्ज ७ करोड ५७ लाखबाट बढेर २६ करोड २४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै कम्पनीले सो अवधिसम्ममा ६ करोड ८६ लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेको छ । कम्पनीको खराब कर्जा घटेर ८ दशमलव ४७ प्रतिशतमा झरेको छ ।
समीक्षा अवधिसम्ममा कम्पनीको वितरणयोग्य मुनाफा १९ करोड ८४ लाख रुपैयाँ ऋणात्मक छ।कम्पनीले ११ अर्ब २४ करोड ९९ लाख रुपैयाँ सापटी लिएर २० अर्ब ९ करोड ९३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।
कम्पनीले सो अवधिमा ३३ करोड ३८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आवको सोही अवधिसम्ममा २४ करोड २५ लाख रुपैयाँ मात्र थियो। अघिल्लो वर्षको तुलनामा यो १६१ दशमलव ३४ प्रतिशतले बढी हो।कम्पनीको खराब कर्जा अनुपात ८ दशमलव ८३ प्रतिशत रहेकोमा हाल ८ दशमलव ४७ प्रतिशत कायम भएको छ।
कम्पनीको प्रतिशेयर नेटवर्थ १८४ दशमलव २४ रुपैयाँ छ । कम्पनीको रिजर्भ कोषमा १ अर्ब ३७ करोड ५९ लाख रुपैयाँ सञ्चित छ।कम्पनीको चुक्तापूँजी १ अर्ब ३९ करोड ७७ लाख रुपैयाँ छ ।